You are viewing the translated version of स्वीकृति लिनु पर्ने.
Section 13
स्वीकृति लिनु पर्ने
(१) खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको स्वीकृति प्राप्त गरी पैठारीको लागि प्रवेश नाकामा ल्याइएका खाद्य पदार्थ नेपालभित्र पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिनु पर्नेछ।
(३) उपदफा (१) बमोजिमको स्वीकृति लिएपछि खाद्य पदार्थ पैठारी गरिसक्नु पर्ने अवधि, स्वीकृतिको ढाँचा तथा तत्सम्बन्धी अन्य प्रक्रिया तोकिए बमोजिम हुनेछ।